कीर्तिपुरस्थि टियू मैदानमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले स्कटल्यान्डविरुद्ध जितका लागि २७५ रनको लक्ष्य पाएको छ। आईसिसी विश्वकप लिग २ अन्तर्गत आज टियू मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको हो।
पहिला ब्याटिङ गरेको स्कटल्यान्डले माइकल लिस्टको मेडन शतक मद्दतमा ८ विकेटको क्षतिमा २७४ रन बनायो ।
सातौं नम्बरमा ब्याटिङ गरेका लिस्कले अन्तिमसम्म टिकेर ८५ बल खेल्दै ३ चौका र ९ छक्का मद्दतमा अविजित १०७ रन बनाए। एकदिवसीयमा लिस्कको यो पहिलो शतक हो।
२४.२ ओभरमा १११.६ को अवस्थामा रहेको स्कटल्याण्डका लागि माइकल लिस्ट र ज्याक जर्भिसले सातौं विकेटका लागि ८१ रनको मद्तवपूर्ण साझेदारी गरे। यसै खेलबाट ओडीआईमा डेब्यु गरेका ज्याक जर्भिसले २६ रन बनाए ।
ओपनर क्रिस्टोफर म्याक ब्रिज र ब्रान्डन म्याकमुलेनले समान २२ तथा कप्तान रिची बेरिङटन र तोमस म्याकिन्सले समान १९ रन बनाए । क्रिस ग्रिभ्सले १६ रन जोडे । लिस्कले आठौं विकेटका लागि मार्क वाटसँग ७६ रनको साझेदारी गरे । वाटले २० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए भने कुशल मल्लले ९ ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर २ विकेट लिए ।
यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी समान १ विकेट लिए।