सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

टप अर्डर फ्लप, दीपेन्द्रकाे अर्धशतकमा नेपालले युएईलाई दियाे मध्यम लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपालले युएईलाई २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा २०० रनमा समेटियो।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले संयमित ब्याटिङ गरे । लगातार विकेट गइरहेको नेपालको ब्याटिङ दीपेन्द्रले उकासे।

दीपेन्द्र ९० बलमा ७५ रन बनाएर अन्तिम विकेटका रूपमा आउट भए । ओपनर कुशल भुर्तेल २४, आसिफ शेख ७, भीम सार्की १०, कप्तान रोहित पौडेल २, बसिर अहमद २०, आरिफ शेख १५, सोमपाल कामी १५ र करण केसी २२ रनमा आउट भए । ललित राजवंशी शून्यमा अविजित रहे ।

बलिङमा युएईका अजय कुमार र जुनेक सिद्दिकी घातक बने । दुवैले समान ३–३ विकेट लिए । खुजाइमा तनभीरले दुई तथा हैदर अली र मोहम्मद शाहदादले एक-एक विकेट लिए ।

1.3Kशेयर