राष्ट्रिय क्रिकेटरको म्यादी जीवन बीमा गरिएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले क्रिकेटरको म्यादी जीवन बीमा गरिदिएको हो।
राष्ट्रिय टिमका २३ खेलाडीको ६ लाख रुपैयाँ बराबरको एक वर्षको लागि बीमा गरिएको क्यानले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का मेडिकल संयोजक अभिषेकराज सिंह र रिलायबल इन्स्योरेन्सका वरिष्ठ सहायक महाप्रबन्धक दिपेशबाबु तिवारीबीच म्यादी जीवन बीमाको सम्झौतापत्रमा हस्ताक्षर गरे।
पहिलो चरणमा खेलाडीको बीमा गरिएको र दोस्रो चरणमा अफिसियलको पनि बीमा गराउनेका लागि कुरा भइरहेको क्यानले जनाएको छ।
क्यानको मेडिकल संयोजक नियुक्त भएपछि सिंहले खेलाडीको जीवन बीमाका लागि पहल गरेका थिए।
यसअघि सिंहकै पहलमा खेलाडी तथा अफिसियलको समग्र स्वस्थ्य परीक्षण, डेक्सा तथा मुटुको निःशुल्क परीक्षण भएको थियो। परीक्षण सिभिल, सशस्त्र प्रहरी र गंगालाल अस्पतालमा भएका थिए।