न्यू ब्वाइजले जित्यो एक्रोबेटिका स्पाइडर एक्सेस फुटबल उपाधि

21 Jan, 2025
Share:
117 Shares

दुबईमा भएको एक्रोबेटिका स्पाइडर एक्सेस ७ एसाइड ओपन फुटबल टुर्नामेन्टको उपाधि न्यू ब्वाइजले जितेको छ।

ग्रीनफिल्ड इन्टरनेशनल, दुबई इनभेस्टमेन्ट पार्कमा भएको फाइनलमा सुनसरी एफसीलाई पेनाल्टीमा हराउँदै न्यू ब्वाइजले उपाधि जितेको हो।

निर्धारित समयको खेल १ १को बराबरीमा सकिएको थियो। त्यसपछि खेल पेनाल्टीमा गएको थियो।

सुनसरी एफसीका अमित तामाङ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने भने लमजुङ एफसीका फिन्जो आले मगर सर्वाधिक गोलकर्ता बने।

यस्तै, उत्कृष्ट गोलरक्षक सञ्जीप गुरुङ, उत्कृष्ट डिफेन्डर राकेश हमाल, उत्कृष्ट प्रशिक्षक दुर्गा ढकाल बने। तीनै जना न्यूज ब्वाइ एफसीका हुन्।

नवाबुद्ध एफसीले आयोजना गरेको प्रतियोगितालाई एक्रोबेटिका स्पाइडर एक्सेस, एनबिल्ड एफजेड, लिंक इन्टरनेशनल, शाइन स्पार्क गोल्ड एण्ड डायमण्ड, ग्रीन स्काई ट्राभल, याक एण्ड यति रेस्टुरेन्ट अलक्वजले प्रायोजन गरेका थिए।