नेपाल कबड्डी लिगमा काठमाडौंलाई रोक्दै जनकपुर क्वालिफायरमा, विराटनगर पनि प्लेअफमा

24 Jan, 2025
Share:
117 Shares

जनकपुर नाइट्स जारी नेपाल कबड्डी लिगको क्वालिफायरमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा शुक्रबार भएको दोस्रो खेलमा काठमाडौं माभरिक्ससँग बराबरी खेल्दै जनकपुर क्वालिफायरमा पुगेको हो।

जनकपुरले काठमाडौंसँग ३९–३९ को बराबरी खेल्यो। पहिलो हाफमा पछि परेको जनकपुरले दोस्रो हाफमा उत्कृष्ट पुनरामगन गर्दै खेललाई बराबरीमा ल्याएको हो।

बराबरीपछि दुवै टोलीले समान ३ अंक जोडे। योसँगै जनकपुर शीर्ष स्थानमा रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भएको हो।

जनकपुरले ५ खेलबाट २३ अंक जोडेको छ। समान ५ खेलबाट १९ अंक जोडेर काठमाडौं दोस्रो स्थानमा छ।

प्लेअफ निश्चित भएपनि काठमाडौंको क्वालिफायर फिक्स भएको छैन। अन्तिम खेलमा विराटनगर ब्यान्डिट्स पराजित भए काठमाडौं क्वालिफारमा पुग्ने छ।

शुक्रबार नै हिमालयन रेइडर्सलाई ३४–३०ले हराउँदै विराटनगरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब अन्तिम खेलमा विराटनगरले पोखरा लेकर्ससँग खेल्नेछ। यो खेल जिते दोस्रो हुँदै विराटनगर क्वालिफायर पुग्ने छ।