‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ

Read Time:1 Minute

खेलकुदको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपसाग सहप्रायोजन सम्झौता गर्ने भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र प्लाजा होटल ग्रुपबीच अवार्डको प्रायोजन सम्बन्धी सम्झौता भएको छ।

सहप्रायोजनका लागि मञ्चका कार्यबाहक अध्यक्ष निरञ्जन अधिकारी र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पल्सर स्पोर्ट्स अवार्ड यही फागुन २३ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने मञ्चले जनाएको छ । सह–प्रायोजक बनेवापत प्लाजा होटल ग्रुपले अवार्ड कार्यक्रममा लागि आउने अतिथिको आवास सुविधासँगै मञ्चले आयोजना गर्ने कार्यक्रमका लागि स्थान उपलब्ध गराउने छ ।

ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले खेलकुदको प्रतिष्ठित कार्यक्रममा आफ्नो संस्था निरन्तर सहयात्रामा रहन पाएकोमा खुसी व्यक्त गर्दै खेलकुदका लागि सहयोग गर्न पछि नपर्ने बताए ।

९ विधामा हुने पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा आसिफ शेख (क्रिकेट), अभिलाषा विष्ट (टेनिस), अञ्जन विष्ट (फुटबल), डुवाना लामा (पौडी) र उषा भण्डारी (भलिबल) परेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भुटानी क्लबलाई हराउँदै आर्मी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
Next post क्रोएसियन डिफेन्डर लोभ्रेनले लिए सन्न्यास
Close