गोलकिपर दीप नायक बुटवल–लुम्बिनीले झापासँग खेस्यो अंक

30 Mar, 2025
Share:
117 Shares

नेपाल सुपर लिग (एनएसएल)मा झापा एफसी र बुटलब लुम्बिनी एफसीले बराबरी खेलेका छन्।

आइबार साँझ दशरथ रंगशालामा भएको खेलमा १० खेलाडी समेटिएको बुटवल लुम्बिनीबीसँग झापाले गोलरहित बराबरी खेलेका हो।

खेलमा बुटबलमाथि झापा हावी थियो। तर, गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै बुटबललाई १ अंक दिलाए।

दोस्रो हाफमा बुटवल लुम्बिनी १० खेलाडीमा समेटिएको थियो। उसका कप्तान एरिक विष्ट दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरएका थिए।

त्यसपछि झापाले बुटबलको पोस्टमा निरन्तर आक्रमण गरेको थियो। तर, दीपले झापको आक्रमण निस्तेज बनाए।

एनएसएलको तेस्रो संस्करणका सुरुआती दुई खेल बराबरीमा सकिएका छन्। यसअघि शनिबार भएको उद्घाटन खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्सले २–२ गोलको बराबरी खेलेका थिए।