एन्ड्रिकले डेब्यू खलमै गोल गरेपछि रियल विजयी

26 Aug, 2024
Share:
117 Shares

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। आइतबार राति घरेलु मैदान बर्नाबेउमा भएको खेलमा ब्रजिलियन युवा स्टार एन्ड्रिडले डेब्यूमै गोल गरेपछि रियलले रियल भालाडोलिडमाथि ३–०को जित निकाल्यो।

रियलको जितमा एन्ड्रिकसँगै फडेरिको भाल्भर्डे र ब्राहिम डियाजले पनि गोल गरे। रियलले तीनै गोल दोस्रो हाफमा गरेको थियो।

५०औं मिनेटमा भाल्भर्डेले गोल गर्दै रियललाई सुरुआती ग्रता दिलाए। उनले रोड्रिगोको पासमा गोल गरेका थिए। त्यसपछि ८८औं मिनेटमा डियाजले काउन्डरमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए। उनले इडर मिलिटाओको पासमा गोल गरेका थिए।

इन्जुरी समयको छैठौं मिनेटमा एन्ड्रिकले रियललाई ३–०को अग्रता दिलाए। उनले डियाजको पासमा गोल गरेका थिए। यसैसिजन ब्राजिलियन क्लब लस पाल्मिरेसबाट रियल आएका युवा स्ट्राइकर एड्रिड ८६औं मिनेटमा किलियन एम्बाप्पेको स्थानमा रियलका लागि डेब्यू गरेका थिए। उनी डेब्यूमै गोल गर्न सफल रहे।

यस्तै, ला लिगा कै अर्को खेलमा एड्लेटिको मड्रिड पनि विजयी भयो। घरेलु मैदानमा भएको खेलमा उसले जिरोनामाथि ३–०का सहज जित निकाल्यो। उसका लागि एन्टोइन ग्रिजमन, मार्कस लोरन्टे र कोकेले गोल गरेका थिए।