एम्बाप्पे चक्किँदा रियल विजयी, शीर्ष स्थानमा उक्लियाे

16 Mar, 2025
Share:
117 Shares

फ्रेन्च स्टार किलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियल मड्रिड विजयी भएको छ। शनिबार राति भएको खेलमा रियलले भिल्लारियलमाथि २–१को पुनरागमन जित निकाल्यो।

खेलका रियलका लागि दुवै गोल एम्बाप्पेले गरेका थिए भने भिल्लारियलका लागि जुआन फोयथले गोल गरेका थिए।

खेलमा ७औं मिनेटमै भिल्लारियलले अग्रता लियो। उसका फोयथले गोल गरेका थिए। तर, १७औं मिनेटमा एम्बाप्पेले गोल गर्दै रियललाई खेलमा फर्काए। त्यसको ६ मिनेट पछि नै एम्बाप्पेले नै गोल गर्दै रियललाई खेलमा अग्रता दिलाए।

यसै सिजन रियल आएका एम्बाप्पेले समग्रमा ३१ गोल गरेका छन् भने ला लिगामा २० गोल गरेका थिए।

त्यसपछि खेलमा थप गोल नहुँदा रियल विजयी यो। यो जितसँगै रियल ६० अंकसहित शीर्ष स्थानमा उलिक्एको छ। २ खेल कम खेलेको बार्सिलोना ५७ अंकसहित दोस्रो स्थानमा छ। भिल्लारियल ४४ अंकसहित पाँचौं स्थानमा छ।