
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी हुने
नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्वी प्रतियोगिता हुने भएको छ। नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने छ।
प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोविन्द घिमिरेले जनाएका छन् । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन्।
पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक समपन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ।
त्यस्तै समारोह उपसमिति, प्रवाधिक उपसमिति, खेल मैदान ब्यबस्थापन उपसमिति, बसोबास ब्यबस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक ब्यबस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।