आरिफ र आसिफ एकैदिन वैवाहिक बन्धनमा बाँधिदै

26 Dec, 2024

नेपाली क्रिकेट टिमका सदस्य आरिफ र आसिफ शेख वैवाहिक बन्धनमा बाँधिदैछन्।

वीरगन्ज महानगरपालिका–१२ स्थायी घरभएका यी क्रिकेटर दाजुभाइ पुस २० गते एकैदिन वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।

दुवैजनाले मागी विवाह गर्न लागेको बताइएको छ। आरिफ र आसिफ दुवै नेपाल प्रिमियर लिगमा व्यस्त हुँदा उनको परिवार विवाहको तयारीका जुटेको थियो।

पुस ६ गते टियू मैदानमा भएको एनपिएल फाइनलमा भाइ आसिफको टिम जनकपुर बोल्ट्सले दाइ आरिफको टिम सदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो।

एनपिएल सकेर दुवै दाजुभाइ यसैसाता मात्र घर पुगेका हुन्। अहिले दुवै विवाहको तयारीमा व्यस्त छन्।

घरेलु क्रिकेटमा आसिफ एपिएफ र आरिफ पुलिस क्लबमा आबद्ध छन्। आरिफको टिम पुलिसले पुस २१ गतेबाट सुरु हुने दुई दिवसीय एलिट कप खेल्दैछ। तर, उनले खेल्ने नखेल्ने टुंगो लागेको छैन।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]