पदक विजेता एथलेटिक्स भेट्रान खेलाडी सम्मानित

31 Mar, 2025

नेपाल मास्टर्स एथलिट संघले खुला अन्तर्राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेरसमूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।

थाइल्यान्डको च्याङराइमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले १ रजत र २ कांस्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्षको लङजम्पमा रजत जितेका थिए।

पुरुष ८०–८५ वर्षको १ हजार ५ सय मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्षको ५ हजार मिटर दौडमा सुनिल शाक्यले कांस्य जितेका थिए।्

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल मास्टर्स एथलिट संघका अध्यक्ष जीएन दाई शर्माले प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]