यू–२० महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिका अनुसार नेपालल बंगालादेशसँग फेब्रुअरी ३मा हुनेछ।
सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा अयोजना हुने प्रतियोगिता सोही दिन भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ।
च्याम्पियनसिपमा नेपाल, बंगलादेशसहित भारत र भुटान गरी चार टिमको सहभागिता छ।
नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ । सिंगल राउण्ड रोविन लिगपछि शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन् ।
सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरु भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो ।
पहिलो पटक यो प्रतियोगिता यू–२० फर्म्याटमा आयोजना हुन लागेको हो । पहिलो संस्करणमा उपविजेता बनेको नेपालले अहिलेसम्म उपाधि जित्न भने सकेको छैन।