सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

जनकपुरविरुद्ध इमरान, लोकेश र रसेलको अर्धशतक, विराटनगरले दियो १७५ रनको लक्ष्य

जारी नेपाल प्रियिमर लिगमा पहिलो पटक एकै टिमका तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका छन्। टियू मैदानमा जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्समा इमरान शेख, लोकेश बम र आन्द्रे रसेलले अर्धशत प्रहार गरे।

टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले तीन खेलाडीको अर्धशतक मद्दतमा जनकपुर बोल्ट्सलाई १७५ रनको ठूलो लक्ष्य दिएको छ। विराटनगरले निर्धारित ओभरमा ३ विकेट मात्र गुमाएर १७४ रन बनाएको थियो।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए। एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो।

इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए। लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे। यी दुईले दोस्रो विकेटका लागि १०७ रनको सतकीय साझेदारी गरे। यो सिजनको पहिलो शतकिय साझेदारी हो।

यस्तै आक्रमक ब्याटिङ गरेका आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए। उनले २ चौका र ५ छक्का प्रहार गरे।

बलिङमा जनकपुरका लागि अभिषेक तिवारी २ तथा मोइन अलीले १ विकेट लिए।

सेयर गर्नुहोस्

1.3KShares