जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिए।
जनकपुर ह्याट्रिक जितको लक्ष्यमा छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले काठमाण्डू गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएको थियो।
जनकपुर तीन खेलमा चार अंकका साथ दोस्रो स्थानमा छ।
यता, विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । यसअघि चितवन राइनोज र कर्णालीसँग निराश भएको विराटनगरले सुदूरपश्चिम रोयल्सविरुद्ध जित निकालेको थियो ।
विराटनगर तीन खेलबाट दुई अंकका साथ छैटौँ स्थानमा छ ।
