सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १०, २०८३

मलानको अर्धशतकमा चितवनले दियो १५७ रनको लक्ष्य

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगको दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५७ रनको लक्ष्य दिएको छ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५६ जोडेको हो।

चितवनका लागि डेविड मलानले सर्वाधिक ७० रन बनाए। उनले ५० बलमा समान ५ चौका र छक्का प्रहार गरे। यस्तै, कप्तान रवि बोपराले ३२ र डान माउस्लीले २९ रन बनाए।

विराटनगरका एन्जेलो म्याथुज, आन्द्रे रसेल र चरिथ अशलंकाले समान १ विकेट लिए।

सेयर गर्नुहोस्

406Shares