सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक १९, २०८३

टस जितेर जनकपुरले बलिङ राेज्याे, लुम्बिनी ब्याटिङमा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले टस जितेर बलिङ रोजेको छ। अब लुम्बिनीले ब्याटिङ थाल्नेछ।

लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । 

तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । 

विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।

सेयर गर्नुहोस्

1.6KShares