बङ्गलादेशका युवा ब्याट्सम्यान अरिफुल इस्लाम नेपाल प्रिमियर लिगको तेस्रो संस्करण खेल्ने भएका छन्। त्यसका लागि उनलार्य लागि कर्णाली याक्समा अनुबन्धन गरेको छ।
बङ्गलादेशको उमेर समूहको क्रिकेटबाट पहिचान बनाएका अरिफुलले बङ्गलादेशको १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन्। उनले बङ्गलादेशको हाइ पर्फमेन्स टोली र ‘ए’ टोलीबाट पनि खेलिसकेका छन्।
दायाँ हाते ब्याटर अरिफुलले बङ्गलादेश प्रिमियर लिग पनि खेलिसकेका छन्। उनले अघिल्लो संस्करणमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।
कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले अरिफुलको आगमनले टोलीको ब्याटिङ थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।
कर्णालीले यसअघि मार्क वाट र अकबर अलीलाई अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण अक्टोबर २६ देखि सुरु हुँदैछ ।
