सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

कर्णालीले काठमाडौंलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल)को जारी खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १८१ रनको ठूलो लक्ष्य दिउको छ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १८० रन बनाएको हो। यो जारी सिरिजको दोस्रो ठूलो लक्ष्य हो।

उसका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे।

यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन बनाउँदा पवन सर्राफले २३ बलमा २ छक्का मदतमा नटआउट ३० रन बनाए। गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको महत्वपूर्ण योगदान गरे।

बलिङमा त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे ।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए।

यो खेलमा काठमाडौंबाट अस्ट्रेलियन लेजेन्ड डेविड वार्नर पनि खेलिरहेका छन्।

सेयर गर्नुहोस्

1.2KShares