सामग्रीमा जानुहोस्
मंगलबार, कात्तिक १७, २०८३

लगातार दुई जितपछि कर्णाली अपराजित, काठमाडौंले निकाल्यो पहिलो जित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्स पराजित भएको छ। सोमबार भएको खेलमा कर्णाली काठमाडौं गोर्खाजसँग ४ विकेटले पारजित भयो।

यो कर्णालीको लागतार दुई जितपछिको पहिलो हार हो। यता, पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित भएको काठमाडौंको यो पहिलो जित हो।

कर्णालीले दिएको १८१ रनको विशाल लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। जसमा राशिद खानले ५० र कप्तान करण केसीले ४४ रनको योगदान गरे। रसिदले ३४ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दा करणले २० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

रासिद खानले आदिल आलम र कप्तान करण केसीसँग दुई अर्धशतकिय साझेदारी गर्दै काठमान्डौंको जितको आधार तयार पारेका थिए। यस्तै, अदिल आलमले २०, जहानदान खानले १७ र डेविड वार्नरले १६ रन बनाए।

बलिङमा कर्णालीका कप्तान सोमपाल कामी र हुसैन तलतले २÷२ विकेट लिए।

टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १८० रन बनाएको थियो। यो जारी सिरिजको दोस्रो ठूलो लक्ष्य हो।

उसका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे।

यस्तै हुसेन तललते ३० बलमा १ चौका र २ छक्का प्रहार गरी ४० रन बनाउँदा पवन सर्राफले २३ बलमा २ छक्का मदतमा नटआउट ३० रन बनाए। गुल्सन झाले १२ बलका २ छक्का प्रहार गर्दै २० रनको महत्वपूर्ण योगदान गरे।

बलिङमा काठमाडौंका कप्तान करण केसीले २ तथा शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले १–१ विकेट लिए।

सेयर गर्नुहोस्

935Shares