नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज एक खेल मात्र हुनेछ।
कीर्तिपुरस्थित टियू मैदानमा साँझ ५ बजेपछि हुने खेलमा यो सिजनको एकमात्र अपराजित टिम तथा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई काठमाडौं गोर्खाज चुनौती दिने छ।
लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ।
लुम्बिनीको ३ खेलमा ७ अंक छ। आजको खेल जिते लुम्बिनीको प्लेफ पक्का हुनेछ, त्यसैले ऊ आज जित निकाल्दै २ खेल अगावै प्लेफ स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ।
यता, काठमाडौं पनि लुम्बिनीलाई हराउँदै प्ले अफको सम्भावनालाई बलियो बनाउन चाहन्छ। काठमाडौंको ३ खेलमा ४ अंक छ।
