सामग्रीमा जानुहोस्
बिहिबार, कात्तिक ५, २०८३

एनपीएलका सबै खेलले लिस्ट ए टि-२० को मान्यता पाउने

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदान रंगशालामा सञ्चालन हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका सम्पूर्ण खेलले लिस्ट ए टि२० को मान्यता प्राप्त गरेका छन्।

एनपिएलका सबै खेलले लिस्ट ए टि२० को आधिकारिक मान्यता पाएको क्यानले जनाएको छ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एनपीएलको तेस्रो संस्करणलाई आधिकारिक मान्यता समेत प्रदान गरिसकेको छ।

यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास नेपाल क्रिकेट संघले लिएको छ। एनपीएल कात्तिक ९ देखि हुँदैछ।

सेयर गर्नुहोस्

659Shares