सामग्रीमा जानुहोस्
सोमबार, कात्तिक ९, २०८३

एनपीएल विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ। 

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको पूर्व सन्ध्यामा पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने जनाएको हो। 

उपविजेताले ८० लाख,तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख पुरस्कार पाउनेछ । यस्तै सान्त्वना स्थान हासिल गर्ने टोलीले ३० लाखमा चित्त बुझाउनुपर्नेछ।

प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ। 

प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ। 

सेयर गर्नुहोस्

1.1KShares