साबा महिला बास्केटबलमा नेपालसहित ४ टिममा मात्रै सहभागी हुने भएका छन्। भारतमा याे प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्।
फिफा महिला एसिया कप २०२७ डिभिजन बी साबा क्वालिफायर्स अन्तर्गत दक्षिण एसियाको टिम सहभागी याे प्रतियोगिता चेन्नाईस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा डिसेम्बर ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ।
सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिताको खेलहरु हुनेछ। लिग चरणपछि फाइनल खेल हुनेछ।
