एभीएम टेबलटेनिस क्लबकी साइरा शाक्यले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेकी छन् । साइराले यु–१३ र यु–१७ गर्ल्स सिंगल्समा स्वर्ण जितेकी हुन्।
मंगलबार लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको यु-१३ मा एभीएमकी काभ्या शाक्य दोस्रो तथा एभीएमकी अर्सना महर्जन र स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबकी प्राज्ना महर्जन तेस्रो भए। यु-१७ मा यल स्पोर्ट्स एकेडेमीकी पमेला जोशी दोस्रो तथा स्ट्यागका सुम्य शाक्य र प्राज्ना महर्जन तेस्रो भए।
नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु-१३ ब्वाइजमा यलका रिभान वज्राचार्य प्रथम, एभीएमका स्वर्णिम शाक्य द्वितीय तथा बनेपाका मिराज तामाङ र स्ट्यागका कृतन श्रेष्ठ तृतीय स्थानमा रहे।
