रसियन स्पाइकर डिमित्रीभाले चितवनबाट एभरेस्ट भलिबल खेल्ने

21 Sep, 2024
Share:
117 Shares

चितवन शक्तिले आसन्न एभरेस्ट महिला भलिबल लिग (इडब्लूभिएल)का लागि रसियाकी स्पाइकर अन्ना डिमित्रीभालाई आनुबन्धन गरेको छ।

चितवनले अजरबैजानकी केन्सिया पावेल्निको स्थानमा डिमित्रिभालाई अनुबन्धन गरेको हो। पावेल्निको नेपाल आउन नसक्ने भएपछि चितवनले डिमित्रिभालाई ल्याएको हो।

६ फिट २ इन्च अग्ली २१ वर्षीया डिमित्रिभा दायाँ हाते स्पाइकर हुन्। उनी पहिलो पटक नेपालमा खेल्न आउन लागेकी हुन्।

उनको उपस्थितिले टिम थप बलियो हुने र प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने विश्वास चितवन शक्तिको छ।

यसअघि चितवनले भारतीय मिडलब्लकर सूर्या सरसुरी र स्पाइकर केपी अनुश्रीलाई अनुबन्ध गरेको थियो।

चितवनमा मार्की खेलाडीका रुपमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही छिन्।