एभरेष्ट महिला भलिबल लिग : गण्डकी थन्डर्स र चितवन शक्तिको लोगो सार्वजनिक

3 Sep, 2024
Share:
117 Shares

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)का दुई टिम गण्डकी थन्डर्स र चितवन शक्तिको लोगो सार्वजनिक गरेका छन्।

गण्डकी र चितवन दुवैले आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेका हुन्। दुवै टिमले लोगो सार्वजनिक गरेपछि अहिलेसम्म विदेशी खेलाडी सार्वजनिक गरेका छैनन्।

असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने लिगमा गण्डकीमा राष्ट्रिय टिमकी स्पाइकर सरस्वती चौधरी मार्की खेलाडीका रुपमा छिन् भने राष्ट्रिय टिमकै सदस्य कविता भट्ट र प्रगति नाथ छन्। त्यस्तै टिममा लक्ष्मी चन्द, रिमा कुँवर, आरती चौधरी, श्नेहा ठगुन्ना र सरस्वती जैशी छन्।

यता, चितवनमा भने राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीका रुपमा छिन्। अन्य खेलाडीमा सलिना बुढामगर, जेनिशा विश्वकर्मा, एन्जिला प्रधान, सुनिता खड्का, भावना डांगी, वाल्मिका आचार्य, सरस्वती कट्टेल छन्।