टर्कीकी एरोक्टेले काठमाडौंमा एभरेस्ट महिला भलिबल लिग खेल्ने

26 Sep, 2024

टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टेले नेपालमा आयोजना हुन लागेको एभरेस्ट महिला भलिबल लिग खेल्ने भएकी छिन्।

असोज १४ गतेबाट सुरु हुने लिगका लागि एरोक्टेलाई काठमाडौं स्पाइकर्सले अनुबन्धन गरेको छ। उनी शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमता भएकी खेलाडीका रूपमा चिनिन्छिन्।

एरोक्टेसँग युरोपियन यू–१६ र यू–१७ युरोपियन च्याम्पियनसिपसँगै यू–१९ विश्व च्याम्पियनसिपको अनुभव  । उनले यी सबै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता टर्कीको राष्ट्रिय टोलीबाट खेलेकी हुन्। टर्कीको उमेर समूहमा उनी सर्वाधिक सफल खेलाडीका उनले टर्कीको काडिनलर भलिबल लिग खेलेकी छिन् ।

काठमाडौं स्पाइकर्समा अनुबन्ध भएपछि पेलिनले नेपालमा आएर खेल्न उत्सहित रहेको बताइन्। काठमाडौंमा उषा भण्डारी मार्की खलाडीका रुपमा छिन्।

काठमाडौंले ललितपुर क्विन्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]