महिला भलिबल फ्रेन्चाइज लिग हुँदै, ६ टिम सहभागी हुने

8 Aug, 2024
Share:
117 Shares

नेपालमा पहिलो पटक महिला भलिबल फ्रेन्चाइज लिग अयोजना हुने भएको छ। इन्फिनिटी ड्रिम्सले गर्न लागेको लिगको नाम ‘एभरेष्ट वुमन्स भलिबल लिग’ राखिएको छ।

बिहीबार एक कार्यक्रम आयोजना गर्दै आयोजकले लिगमा ६ टिम सहभागी हुने जनाएको छ।

लिगमा उपत्यबाट काठमाडौं र ललितपुरको टिम हुनेछ भने गण्डकी, चितवन, मधेश र कर्णालीका टिम रहने छन्। मधेशले भने टिमको मधेश युनाइटेड राखेको छ। अन्यको ५ टिमको नाम सर्वाजनिक हुन बाँकी छ।

आयोजक इन्फिनिटी ड्रिम्सले महिला फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघसँग सात वर्षको सम्झौता गरेको छ। लिग गरेवापत कम्पनीले भलिबल संघलाई वार्षिक २५ लाख दिनेछ।

आयोजक इन्फिनिटी ड्रिम्सका प्रबन्ध निर्देशक आमिर अख्तरले केही दिनमै मिति सार्वजनिक पनि गरिने बताए। अख्तरले यसअघि क्रिकेटको फ्रेन्चाइज लिग ‘एभरेस्ट प्रियिमर लिग’ आयोजना गर्दै आएका थिए।

फ्रेन्चाइज टोलीले केही दिनमै आ–आफ्नो टोलीको नाम सार्वजनिक गरिने बताइएको छ।

प्रतियोगिताको लागि प्रत्येक टोलीमा १२ जना खेलाडी हुनेछन्। त्यसमा नौ जना नेपाली र तीन जना विदेशी खेलाडी रहने आयोजकले जनाएको छ।