च्याम्पियन्स ट्रफीबाट बाहिरिए बुमराह

12 Feb, 2025

भारतीय स्टार फास्छ बलर जसप्रित बुमराहले च्याम्पिन्स ट्रफी गुमाउने भएका छन्। अस्ट्रेलियामा भएको बोर्डर गावस्कर सिरिजको अन्तिम खेलमा घाइते भएका उनी च्याम्पियन्स ट्रफी अघि फिट नभएपछि बिसिसिआईले बुमराहलाई टिमबाट हटाएको छ।

अघि महिला बिसिसिआई बुमराह फिट हुने अपेक्षासहित उनलाई समेट्दै १५ सदस्यीय टिम घोषणा गरेको थियो। तर, उनी फिट नदेखिएपछि बिसिसिआईले अन्तिम समयमा टिममा परिवर्तन गरेको छ।

उसले बुमराहको स्थानका अर्का फास्ट बलर हर्षित रानालाई टिममा राखेको छ। इंग्ल्यान्डविरुद्धको जारी एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी भारतीय टिममा पर्न सफल भए।

यस्तै, बिसिसिआईले टिममा अर्को परिवर्तत पनि गरेको छ। उसले लेफ्ट ह्यान्डेड ओपनर जशस्वी जैसवाललाई टिमबाट बाहिर राख्दै उनको स्थानमा स्पिनर वरुण चक्रवर्तीलाई टिममा राखेको छ। वरुण पछिल्लो समय उत्कृष्ट फर्मममा छन्।

पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा भारत मआयोजकसँगै बंगलादेश र न्युजिल्यान्डसँगै समूहमा एमा छ। भारतले फेबु्रअरी २०मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। भारतले सबैखेल दुबईमा खेल्नेछ।

भारतीय टिम : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, केएल राहुल, हार्दिक पाण्ड्या, ऋषव पन्त, अक्षर पटेल, रविन्द्र जडेजा, वासिङटन सुन्दर, कुलदीप यादव, वरण चक्रवर्ती, मोहम्मद सामी, अर्शदीप सिंह र हर्षित राना ।

वैकल्पिक खेलाडी : यशस्वी जैसला, मोहम्मद सिराज र शिभम दुवे ।