सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

घाइते भएपछि गज्नफरले आईपिएल गुमाए, उनको स्थानमा मुम्बईले मुजिबलाई ल्यायो

अफगानिस्तानका युवा स्पिनर अल्लाह गज्नफरले आईपिएलको पुरै सिजन गुमाउने भएका छन्। च्याम्पियन्स ट्रफीको तयारीका क्रममा घाइते भएपछि गज्नफरले आईपिएल गुमाउने भएका हुन्।

१८ वर्षीय गज्नफरलाई दुई महिना अघि भएको मेगा अक्सनबाट मुम्बई इन्डियन्सले ४ करोड ८० लाखमा किनेको थियो। 

चोटका कारण गज्नफरले आईपिएपल गुमाउने भएपनि मुम्बईले अर्का अफ्गान स्पिनर मुजिब उर रहमानलाई टिममा भित्र्याएको छ। उनी मेगा अक्सनमा अनसोल्ड भएका थिए।

१७ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका २३ वर्षीय मुजिब अनुभवी स्पिरन हुन्। उनले विश्वकपका अधिकांश फ्रेन्चाइज लिग खेलेका छन्। 

उनीसँग आईपिएल खेलेको अनुभव पनि छ। उनले कोलकाता नाइट राइडर्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट आईपिएल खेलेका छन्। जसमा उनले १९ खेल खेल्दै १९ विकेट नै लिएका छन्।

सेयर गर्नुहोस्

1.6KShares