च्याम्पियन्स ट्रफी आजबाट पाकिस्तानमा सुरु हुँदै

19 Feb, 2025
Share:
117 Shares

आईसिसीको अर्को एक दिवसीय क्रिकेट प्रतियोगिता च्याम्पियन्स ट्रफी आजबाट सुरु हुँदै छ। प्रतियोगिता ८ वर्षपछि हुन लागेको छ।

प्रतियोगिताको आयोजक पाकिस्तान हो। तर, प्रतियोगिताका केही खेल दुबईमा पनि हुनेछ। पाकिस्तान आउन नमानेपछि भारतले आफ्ना सबैखेल दुबईमा खेल्नेछ।

प्रतियोगिताको उद्घाटन आज कराँचीमा हुँदैछ। उद्घाटन खेलमा आयोजक पाकिस्तानले न्युजिल्यान्डको सामाना गर्ने छ। यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५मा सुरु हुनेछ।

प्रतियोगितामा एकदिवसीय विश्वकपको शीर्ष ८ टिम सहभागी छन्। जसमा समूह एमा भारत, पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेश छन् भने समूह बीमा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान छन्।

पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। सन् २०१७मा भएको च्याम्पियन्स ट्रफी पाकिस्तानले भारतलाई हराउँदै जितेको छ।

प्रतियोगिता अन्तर्गत भोलि दुबईमा भारत र बंगलादेश भीड्ने छन्।