ओडिआईमा गिल र थिक्सना शीर्ष स्थानमा, बाबर र रसिद पछि परे

19 Feb, 2025

आईसिसीएको एकदिवसीय वरियतामा भारतका शुभमन गिल र श्रीलंकाका महिसा थिक्सना शीर्ष स्थानमा उक्लिएका छन्।

आईसिसीको नयाँ अपटेड अनुसार ब्याटिङतर्फ भारतीय ओपनर गिल शीर्ष स्थानमा उक्लिएका हुन्। यसक्रममा पाकिस्तानका बाबजर अजामलाई पछि पारे।

घरेलु मैदानमा भएको इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। प्लेयर अफ दी सिरिज बनेका उनले तीन खेलमा १ शतक र २ अर्धशतक बनाएका थिए।

गिलको ७९६ रेटिङ पोइन्ट छ भने अजामको ७७३ पोइन्ट छ। ७६१ पोइन्टसहित भारतकै रोहित शर्मा तेस्रो स्थानमा छन्।

यो वरियतामा दक्षिण अफ्रिकाका हेनरिच क्लासन चौथो, न्युजिल्यान्डका डार्यल मिचेल पाँचौं, भारतकै विराटन कोहील छैटौं, आयरल्यान्डका ह्यारी ट्याक्टर सातौं, श्रीलंकाका चरिथ असलंका आठौं, भारतका श्रेयस ऐयर नवौं र वेस्टइन्डिजका सेइ होप १०औं स्थानमा छन्।

यस्तै, बलिङतर्फ श्रीलंकन स्पिनर थिक्सना शीर्ष स्थानमा उक्लिए। अस्ट्रेलिविरुद्धको सिरिजका उत्कृष्ट प्रदर्शन गरेपछि थिक्साना एक स्थानमा माथि उक्लँदै शीर्ष स्थानमा पुगेका हुन्। यक्रममा उनले अफगानिस्तानका रसिद खानलाई पछि परे।

यो सूचीमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज तेस्रो स्थान, भारतनका कुलदीप यादव चौथो, पाकिस्तानका साहिन अफ्रिदी पाँचौं स्थानमा छन्। यस्तै, दक्षिण अफ्रिकाका केशव महाराज छैठौं, न्युजिल्यान्डका मिचेल सान्टनर र म्याट हेनरी क्रमशः सातौं र आठौं स्थानमा हरँदा वेस्टइन्डिजका गुडाकेश मोटी नवौं र भारतका मोहम्मद सिराज १०औं स्थानमा छन्।