गिलको शतक र सामीको ५ विकेटमा च्याम्पियन्स ट्रफीमा भारत विजयी, हृदोयको कीर्तिमानी शतक छायाँमा

21 Feb, 2025

आईसिसी च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुआत गरेको छ। बिहीबार राति दुबईमा सकिएको खेलमा शुभमन गिलको शतक र मोहम्मद सामीले ५ विकेट लिएपछि भारत बंगलादेशमाथि ६ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै बंगलादेश दिएको २२९ रनको लक्ष्य भारतले २१ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो। उसका लागि शुभमन गिलले शतकीय पारी खेलेर उनले १२९ बलमा ९ चौका र २ छक्का मद्दतमा नटआउट १०१ रन बनाए।

यस्तै, कप्तान रोहित शर्मा र केएल राहुलले समान ४१ रन बनाए। रोहतिले ३६ बलमा ७ चौका प्रहार गर्दा राहुलले ४७ बलमा १ चौका र २ छक्का प्रहार गरे। विराट कोहलीले ३८ बलमा २२ रनको पारी खेले।

बलिङमा बंगलादेशका रिसाद हुसैनले २ विकेट लिँदा तस्किन अहमद र मुस्ताफिजुर हरमानले समान १ विकट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.४ ओभरमा अलआउट हुँदै २२८ रन बनाएको थियो। ३५–५को खराब अवस्थाबाट उत्कृष्ट कमव्याक गर्दै प्रस्पिर्धात्मक योगफल बनाएको थियो।

उसका लागि तोहिद हृदोयले कीर्तिमानी शतक प्रहार गरे। उनले ११८ बलमा ६ चौका र २ छक्का मद्दतमा १०० रन बनाए। योसँगै उनी भारतविरुद्ध एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो बंगलादेशी खलाडी बनेका छन्।

यस्तै, जाकर अलीले अर्धशतक बनाए। उनले ११४ बल खेल्दै ४ चौका मद्दतमा ६८ रन बनाए। हृदोय र अलीले छैठौं विकेटका लागि १५४ रनको उत्कृष्ट साझेदराी गरेका थिए। यी दुई बाहेक तन्जिद हसनले २५ र रिसाद हुसैनले १८ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बंगलादेशको इनिङ धरासायी बनाउन क्रममा भारतका मोहम्मद सामीले ५ विकेट लिए। भर्खरै चोटमुक्त हुँदै एक वर्ष बढी समयपछि मैदान फर्किएका उनले १९ ओभरमा ५३ रन खर्चिए। योसँगै उनी भारतका लागि आईसिसी इभेन्ट्समा सर्वाधिक विकेट लिने बलर बनेका छन्।

यस्तै, हर्षित रानाले ३ किवेट लिँदा अक्षर पटेलले २ विकेट लिए।