पाकिस्तान र बंगलादेशबीचको खेल हुन सकेन, पाकिस्तान समूहको पुछारमा

27 Feb, 2025
Share:
117 Shares

पाकिस्तन र बंगलादेशबीचको च्याम्पियन्स लिगको समूहको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। पाकिस्तानको राउलपिन्डीमा हुने तय भएको यो खेल भारी वर्षाका कारण टस नै नभई रद्द भएको हो।

वर्षाका कारण रद्द भएको यो च्याम्पियन्स ट्रफीको दोस्रो खेल हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको खेल रद्द भएको थियो।

दुवै टिमले समान १ अंक पाए। यो सँगै डिफेन्डिङ च्याम्पियन तथा आयोजक पास्किस्तान समूह एको पुछारमा रह्यो। रनरेटम अघि रहेको बंगलादेश तेस्रो स्थानमा रह्यो।

यसअघिका दुवै खेलमा पराजित भइरका पाकिस्तान र बंगलादेश दुवै सेमिफाइनल समीकरणबाट यसअघि नै बाहिरिसकेका थिए। यो समूहबाट भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन्।

भोलि समूह बीको खेलमा फागानिस्तान र अस्ट्रेलिया भीड्ने छन्। विजेता सेमिफाइनल पुग्ने छ।