कोशी प्रियिमर लिग : दीपेन्द्र र दुई कुशल चम्किँदा उपाधि नमुना ब्लास्टर्सले जित्यो

2 Mar, 2025

सुनसरीमा सम्पन्न कोशी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि नमुना ब्लास्टर्सले जितेको छ।

तीन राष्ट्रिय खेलाडीहरू दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेल चम्किएपछि नमुना ब्लास्टर्स च्याम्पियन बन्यो। उसले शनिबार सम्पन्न फाइनलमा भोक्राह नरसिंह अर्नाजलाई ३७ रनले हरायो।

नमुनाले दिएको २०८ रनको लक्ष्य पछ्याएको भोक्राहले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो। उसका सुजन थपलियाले सर्वाधिक ३३ रन बनाए। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नमुनाले दीपेन्द्रसिंह ऐरी र कुशल भूर्तेलको आक्रामक ब्याटिङ मद्दतमा ८ विकेट गुमाएर २०७ रन बनाएको थियो ।

दीपेन्द्रले ७८ तथा भुर्तेलले ५३ रन बनाए भने कुशल मल्लले ४३ रन बनाएका थिए। भोक्राहाका लागि सन्दीप ढुंगानाले ३ तथा भुवन कार्कीले २ विकेट हात पारे।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]