नेपाली पुरूष क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले गत महिना गरेको सर्वाजनिक आव्हान अनुसार केही चर्चित अनुहारसहित केही पुरानै प्रशिक्षकसहित कुल ७० जनाले आवेदन दिएको सचिव पारस खड्काले बताएका छन्।
शनिबार आयोजित क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा सचिव पारसले ७० जनामध्ये सर्ट लिस्ट केही दिनमै गरिने र चैत तेस्रो साताभित्रै नयाँ प्रशिक्षक घोषणा गरिने बताए।
दुईजना पूर्वप्रशिक्षकहरूको पनि आवेदन आएको उनले बताए। पारसले उनीको नाम नखुला पनि उनीहरुमा पुबुदु दासानायके र देव ह्वाटमोर रहेको बताइन्छ।
नेपाली टिमको प्रशिक्षक बन्न अस्ट्रेलियाका ब्राड हज, भारतका अजय जडेजा, वस्टइन्डिजका शिननारायण चन्द्रपाउललगायतको आवेदन परेको बताइन्छ।
गत जनवरीमा मोन्टी देशाईको सम्झौता सकिएपछि नेपाली टिम मुख्य प्रशिक्षकबिहीन छ।
आईसिसी विश्वकप लिग–२मा खराब प्रदर्शन गरिरहेको नेपालको एकदिवसीय मान्यता जोगाउनु र टि–२० विशवकपमा छनोट गराउनु नयाँ प्रशिक्षको मुख्य ध्येय हुनेछ।