युगान्डामा नेपाली महिला टिम नामिबियासँग पराजित

9 Mar, 2025

चार देशीय महिला टि–२० सिरिज (वुमेन्स डे कप)मा नेपाली महिला टिमले हारबाट सुरुआत गरेको छ।

युगान्डामा शनिबार साँझ भएको खेलमा नेपाल नामिबियासँग डिएलएस मेथर्डका आधारमा ६ विकेटले पराजित भयो।

९३ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले वर्षाले खेल रोकिँदा १४.५ ओभरमा ४ विकेटको क्षतिमा ७१ रन बनाएको थियो। त्यो अवस्थामा डिएलएस मेथर्डमा नामिबिया विजयी भयो।

नामिबियाका लागि मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाइन् भने जुरियन डियर्गार्ड्ट १३ रन बनाइन्।

बलिङमा नेपालका पूजा महतो, कविता जोशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुँदै ९२ रन मात्रै बनान सक्यो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक १८ रन बनाउँदा ईश्वरी विष्टले १७, कविता जो १६ र पूजा महतोले १३ रन बनाए।

बलिङमा नामिबियाका मेकेले म्वाटिले र विल्का एमवाटिलेले समान ३ विकेट लिए।

अब नेपालले दोस्रो खेल भोलि आयोजक युगान्डासँग खेल्नेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]