पिएम कपमा आर्मीको विजयी सुरुआत, बागमतीको लगातार दोस्रो हार

10 Mar, 2025

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। सोमबार सिद्धान्त रंगशालामा भएको खेलको त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि १३४ रनको सानदार जित निकाल्यो।

१६३ रनको विशाल लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रनमै समेटियो। उसका लािग विवेक मगरले ५१ रन बनाए। उनले ५१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। अन्यले भने गतिलो योगदान दिन सकेनन्।

बागमतीको इनिङ धरासायी बनाउने क्रममा आर्मीका साहब आलमले ८ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर ४ विकेट लिए। यस्तै, आकाश चन्दले पनि ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको बागमतीले सन्तोष कार्कीको उत्कृष्ट इनिङ मद्दतमा ८ विकेटको क्षतिमा २६२ रन बनायो। सन्तोषले ९८ बलमा १० चौका र १ छक्का मद्दतमा ७६ रन बनाए।

यस्तै, कप्तान विनोद भण्डारीले ५० बलमा ५ चौका प्रहार गर्दै ४७ रन बनाउँदा तृतराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्ले १२ बलमा २६ रन बनाए। बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले समान २ विकेट लिए।

यो बागमतीको लागतार दोस्रो हार हो। यसअघि ऊ पहिलो खेलमा अर्को विभागीय टिम एपिएफ क्लबसँग पराजित भएको थियो।