पवन सर्राफ र रुपेश सिंह चम्किँदा पएम कपमा कोशीमाथि मधेशको जित

11 Mar, 2025

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुआत गरेको छ। मंगलबार सिद्धार्थनगर रंगशालामा भएको खेलमा पवन सरार्फको ब्याट र रुपेश सिंहको बल चलेपछि मधेशले कोशी प्रदेशमाथि १६५ रनको फराकिलो जित निकाल्यो।

मधेशले दिएको २८५ रनको ठूलो लक्ष्य पछ्याएको कोशी ३३ आभेरमा ११९ रनमै अलआउट भयो। उसका लागि सकिब हकले सर्वाधिक २५ रन बनाउँदा सुजन थपलियाले २४, फिर्दोस अन्सारीले २१ र दीपेश कँडेलले २० रन बनाए।

कोशीको इनिङ धरासायी बनाउने क्रममा बलिङमा मधेशका रुपेश सिंहले ५ विकेट लिए। उनले ९ ओभरमा २९ रन मात्र खर्चिए। यस्तै, राजेश यादवले ३ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको मधेशले ६ विकेटको क्षतिमा २८४ रन बनायो। उसका लागि लामो समयपछि क्रिकेटमा फर्किएका पवन सर्राफले ९२ रनको उत्कृष्ट पारी खेले। उनले ८५ बलमा ११ चौका र २ छक्का प्हार गरे।

यस्तै, कप्तान अनिल साहले ७५ बलमा १० चौका मद्दतमा ७५ रन नै बनाउँदा दिपेश दासले पनि अर्धशतक बनाए। उनले ६० बलमा ५६ रनको इनिङ खेले। बलिङमा कोशीका प्रकाश कार्की र विपिन महतोले समान २ विकेट लिए।

कोशीको यो लागतार दोस्रो हार हो। यसअघि ऊ पहिलो खलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]