पिएम कपमा कर्णालीमाथि गण्डकीको जित

11 Mar, 2025
Share:
117 Shares

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा गण्डकी प्रदेशले पहिलो जित निकलोको छ। मंगलबार लमहीमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशमाथि ४ विकेटको जित निकाल्यो।

पहिलो खेलमा गण्डकी सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो। यता, कर्णालीको यो पहिलो हार हो। उसले पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो।

कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो। २२–६ को खराब अवस्थाबाट दीपक डुम्रे र सुजन गौतमले साझेदारी गर्दै गण्डकीलाई जित दिलाए। दीपक डुम्रेले अविजित ५० रन बनाए भने सुनजले २२ रन बनाए।

बलिङमा कर्णालीका दिवान पुनले ३ र दीपेन्द्र रावतले २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको कर्णालीले २७.२ ओभरमा ९१ रनमै अलआउट भएको थियो। उसका विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमांशु शाहीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

बलिङमा गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र बिपिन खत्रीले समान २ विकेट लिँदा सन्दीप पराजुली र अमृत गुरुङले समान १ विकेट लिए ।

कर्णालीको यो पहिलो हार हो । यसअघि कर्णालीले सुदुरपश्चिम प्रदेशलाई हराएको थियो ।