अन्तिम खेलमा नेपालले हङकङलाई हरायो, तेस्रो स्टानको प्लेअफ पनि नेपाल र हङकङबीच नै

14 Mar, 2025

युगाण्डामा जारी चार देश सम्मिलित ‘वुमन्स डे कप’को समूहको अन्तिम खेलमा नेपाल विजयी भएको छ। शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो।

१०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् भने पुजा महतो २० र इन्दु बर्माले १८ रन बनाइन्। हङकङका मेहक दिप र लाइ विनले समान१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो। उसका लागि शान्जिन शाहजादले ४७ बलमा ५४ रन बनाइन्। यो जारी प्रतियोगिताकै पहिलो अर्धशतक हो। त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन्।

बलिङमा राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् भने इन्दु बर्माले २ विकेट लिइन्।

यो जितपछि पनि नेपाल तालिकामा पुछारमा रह्यो। नेपालले ६ खेल मध्ये २ खेल मात्र जित निकाल्न सक्यो। अब नेपालले हङकङसँग नै तेस्रो स्थानको प्लेअफ खेल्ने छ। ३ खेल जितेको हङकङ रनरेटमा नामिबियासँग पछि पर्दै फाइनल पुग्न असफल भएको हो।

उपाधिका लागि शीर्ष स्थानको आयोजक युगान्डा र दोस्रो स्थानको नामिबिया खेल्ने छन्। समूह चरणमा युगान्डाले ४ र नामिबियाले ३ खेल जितेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]