पिएम कपको विभागीय डर्बीमा ललितकाे घातक बलिङ, एपिएफमाथि पुलिसको जित

14 Mar, 2025

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो विभागीय डर्बीमा नेपाल पुलिस क्लब विजयी भएको छ।

दाङको देउखुरी क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले एपीएफ क्लबमाथि २ विकेटको जित निकाल्यो।

पहिला ब्याटिङ गर्दै एपिएफले दिएको ९५ रन झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। तर, सामान्य लक्ष्य पछ्याउँदा पनि पुलिसले संघर्ष गर्नुपरेको थियो।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाउँदा गुल्शन झा १२, अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए भने अभिषेक गौतम र रोहित पौडेलले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। उसका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए। अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

पुलिसका ललित राजवंशीले घातक बलिङ गरे। उनले ७.४ ओभरमा ३ मेडनसहित१८ रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै, सागर ढकाल, करण केसी, गुल्सन झा र कुशल भुर्तेलले समान १ विकेट लिए।

प्रतियोगितामा पुलिसको यो लगातार तेस्रो जित हो भने एपिएफको पहिलो हार हो। यसले यसअघिका दुई खेलमा जित निकालेको थियो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]