दोस्रो पटक विश्वकपमा पुग्न नेपालले युएईलाई हराउनु पर्ने

2 Nov, 2023

नेपाल दोस्रो पटक टि–२० विश्वकप नजिक पुगेको छ। दोस्रो विश्वकप खेल्ने नेपालले युएईको चुनौती पन्छाउनु पर्नेछ।

काठमाडौंमा जारी विश्वकप छनोटमा नेपाल समूह बीको उपविजेताका रुपमा सेमिफाइनल पुग्दा युएई समूह बीको विजेताका रुपमा सेमिफाइलन पुगेको छ।

समूहको अन्तिम खेलमा ओमानसँग पराजित भएपछि नेपालले सेमिफाइनलमा युएई प्रतिद्वन्द्वी पाएको हो। युएईलाई हराउन सकेन नेपाल सन् २०१४ पछि विश्वकपमा पुग्ने छ।

ओमानविरुद्ध १४६ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल अन्तिम बल १४० रनमै अलआउट भयो।

यता, युएईले अन्तिम खेलमा हङकङमाथि २२ रनको जित निकाल्यो। उसले समूहका तीनवटै जित निकाल्यो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]