सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

नेपाललाई पहिलो झड्का, कुशल ११ रनमा आउट

टि–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा नोपलले तेस्रो ओभरको अन्तिम बलमा कुशल भुर्तेललाई गुमायो। कुशलले ८ बलमा २ चौका मद्दतमा ११ रन बनाए।

ताज अवस्थामा ४ ओभरको समाप्तिमा नोपलले १ विकेटको क्षतिमा २९ रन बनाएको छ। क्रिजमा आसिफ सेख र गुल्सन झा छन्।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे।

यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए।

1.3Kशेयर