टि–२० विश्वकप छनोटको महत्वपूर्ण खेलमा ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन्।
मुलपानी क्रिकेट मैदानमा जारी विश्वकप छनोटको सेमिफाइनलमा युएईविरुद्ध १३५ रनको सामान्य लक्ष्य पछ्याउँदा आसिफले ३९ बलमा अर्धशतक बनाए। उनले ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरे। टि–२० आईमा उनको यो चौथो अर्धशतक हो।
आसिफको अर्धशकमा नेपाल दोस्रो पकट टि–२० विश्वकप नजिक पुगेको छ। १३५ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १४ ओभरको समाप्तिमा २ विकेटको क्षतिमा ९६ रन बनाएको छ। अब नेपालाई जितका लागि ३६ बलमा ३९ रन चाहिएको छ।
नेपालका लागि गुल्सन झााले २४ बलमा २२ रन बनाउँदा कुशल भुर्तेल ८ बलमा ११ रन बनाएर आउट भए। युएईका निलन्स केशवानी र बासिल हमिदले विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो। उसका लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन बनाए। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लको बलमा आउट हुनुअघि उनले ५१ बमाल ८ चौका र २ छक्का प्रहार गरे।
यस्तै, कप्तान मुहम्मद वासिमले १६ बलमा २६ रन बनाउँदा अलिसान सरफुले १६ र आसिफ खानले १३ रनको योगदान दिए।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए।