नेपाल चार देशीय टि-२० सिरिजको फाइनलमा, हङकङसँगको खेल वर्षाले बीचमै रोकियो

12 Apr, 2025

नेपाल चारदेशी टि–२० सिरिजको फाइनलमा पुगेको छ।

जारी सिरिजको नेपाल र हङकङबीचको लिगको अन्तिम खेल वर्षाले बीचमै रोकिएपछि नेपाल फाइलनमा पुगेको हो।

घरेलु टोलीसँगको खेल वर्षाले रोकिएपछि नेपाल २ जितसहित कुल ५ अंकससहित शीर्ष स्थानमा रह्यो। यसअघिका २ खेलमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो।

यता, घरेलु टोली हङकङ तीन अंकसहित तेस्रो हुँदै फाइनल पुग्न असफल भयो।

नेपाल र हङकङबीचको खेल पहिलो इनिङको ९ ओभरमात्र सम्भव भएको थियो। उससमा पहिला ब्याटिङ गरेको हङकङले ३ विकेटको क्षतिमा ६८ रन बनाएको थियो। त्यसपछि भारी वर्षा भएपछि खेल रद्द भएको हो।

अब भोलि हुने फाइनलमा नेपालले कुवेतसँग खेल्ने छ। कुवेत दोस्रो हुँदै फाइनल पुगेको हो।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]