दशकपछि नेपाल विश्वकपमा पुग्दा… (फोटोफिचर)

3 Nov, 2023

नेपाल एक दशकपछि विश्वकपमा पुगेको छ। सन् २०१४मा पहिलो पटक विश्वकप खेलेको नेपाल शुक्रबार छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै दशक पछि टि–२० विश्वकपमा पुगेको हो।

युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १६ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै १० वर्ष विश्वकपमा पुग्यो। नेपालका लागि आसिफ सेखले अर्धशतकीय इनिङ खेले।

अहिले नेपाली टिममा सन् २०१४मा विश्वकप खेलेका सोमपाल कामी मात्र छन्।

दोस्रो पटक विश्वकपमा पुगेपछि नेपाली खेलाडीले मैदानमा खुसी साटसाट गरे। उनीहरुलाई मैदान बाहिर उपस्थित दर्शकले पनि साथ दिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]