रोहित पौडेलको कप्तानीमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाली क्रिकेट टिम १० वर्षपछि टि–२० विश्वकपमा पुगेको छ।
टि–२० विश्वकपको एसिया छनोटको सेमिफाइनलमा युएईले ८ विकेटले हराउँदै नेपाल अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप छनोट भएको हो। यसअघि नेपालले सन् २०२४मा विश्वकप खेलेको थियो।
दोस्रो पटक नेपालाई विश्वकपमा छनोट गराएपछि नेपाली टिमका कप्तान रोहित पौडेलले भाग्यमानी र गर्व महसूस गरिरहेको बताएका छन्।
अहिले विश्वकपमा पुगेको नेपाली टिम युवा छ। यो टिम सन् २०१४को विश्वकप हेरेर हुर्किएको हो। त्यो बेल टिममा रहेका सोमपाल कामी मात्र अहिले टिममा छन्।
‘आज मलाई निकै भाग्यमानी र गर्व लागिरहेको छ । सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हौँ हामी । त्यो विश्वकप खेल्नु भएका पारस दाइ, शक्ति दाइ, शरद दाइ हाम्रो पुस्ताको लागि रोल मोडल हुनुहुन्छ’, कप्तान रोहितले भने।
नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सवैले निकै मेहतन गरेको उनले बताए।