ओेमानविरुद्ध दबाबमा नेपाल, ६० रनमा गुमायो ४ विकेट

5 Nov, 2023

कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको फाइलनमा नेपाल दबाबमा परेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल टप अर्डरलाई सस्तैमा गुमाएपछि दबाबमा परेको छ। ताजा अवस्थामा नेपाल १० ओभरको समाप्तिमा ६० रन बनाउँदा ४ विकेट गुमाएको छ।

सन्दीप जोरा, कुशल भुर्तेल र कुशल मल्ललाई लगातार गुमाउँदा नेपाल दबाबमा परेको हो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए। उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। यस्तै, सन्दीपले १०, आसिफ सेख ६ रन बनाएर आउट हुँदा कुशल मल्ले ३ रन मात्र बनाउन सके।

अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र गुल्सन झा छन्।

नेपाललाई दबाबमा राख्ने क्रममा ओमानका अकिब इलियासले २ तथा विलाल खान र जिसन मक्सुदले समान १ विकेट लिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]